गजल – ४०३

डम्मर शमदर्शी काफ्ले
जर्जिया, अमेरिका

कर्कलाको पानी जस्तो तप्की  झर्नु हुन्न,
आफ्नो   सोचाई  भताभुङ्ग  छर्नु  हुन्न ।

आजै लिए हुन्छ साथी  काम गर्ने लक्ष्य,
भिरको  चिण्डो जस्तो  दोधार पर्नु हुन्न ।

जीवन छँदै केही गरौँ  त्यसै मर्नु  भन्दा,
हामी मान्छे पशु जस्तो जङ्गल चर्नु हुन्न ।

जहाँ गए  आफ्नो दु:ख आफैसँग हुन्छ,
गाउँ छाडी सुख खोज्दै बसाई सर्नु हुन्न ।

हिजो आज  भोलि  सम्म पछि पर्नलाई,
बुझ्नु पर्छ  विरोध  मात्रै  सधैँ  गर्नु  हुन्न ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *