कविता उचुः

मदन दुलाल 
अमेरिका

[जानकारीमा रहोस् यो कविता हैन]

समय क्रममा छाउरा छाउरि पाउनुलाई
महान् उपलब्धि ठान्नेहरूले
भावनात्मक उत्तेजनमा धर्ती आकाश एक गर्छन्

अनि?

अनि के हुनु
उनीहरू बाहेकका सबै बहिरा हुन
बिस्तारै बोले सुन्दैनन् भनेर
घोक्रो फुट्नेगरि कराउॅंछन्
बर्षायाममा पाह भ्यागुतो कराए जस्तै ट्वार्र… ट्वार्र

पृष्ठभूमिमा
[ माइक बिचरो कान डक्टरकोमा कान जँचाउन गा छ रे ]

….. र
भावनात्मक उत्तेजनमा आएर
माइक बहिरो हुने गरी घोर्ले स्वरले कराएर
जोडिएको धर्ती आकाशको बिम्ब मात्र
किमार्थ कविता हैन भनेर
कविताले युग कविहरूलाई चोर औँलो उठाई

ए !! अनि ??

ह्या के अनि अनि होर

यता सुन …….

साँझको समाचारमा-

[ कविता बलजफ्ति करणीको उजुरी लिएर थानामा भेट्टिई ]—खबर थियो

करणी ? कसले — सोधियो

उत्तरमा युग कविले भन्ने धुमिल आवाज आयो
————————————————-

च्याप्टर वानःसिन चेन्ज

यता हस्पिटलमा ।

डाक्टर साब
कविता भन्दै थिई

न त जुघांमा ताउ लाउनु कविता हो

दुर्योधनले झैँ जङ्घाको धाक लगाउनु

………..
…………….
…………………

न त अङ्क गणित जस्तो मात्रा गणित कविता हो
न वाद,विचार र विद्रोहको ठुला कुरा नै


शिल्प,कला,प्रतीक,अलङ्कार र रूपकको
गठजोड मात्र पनि कविता हैन

[ सुस्त सुस्त सचेतना अचेत हुन्छ ]

————————-

यति कुरा सुनेर डाक्टर साबले फोरेन्सिक लेब टेस्ट रिजल्ट भनेर

एक चिर्कटो केस रिजल्ट बाहिर ल्यायो

लेखिएको थियो:

कविताको करणीको कुरा झुटो हो
————————————————
सनसनी फैलिएको यस खबरले
युगकविहरूलाई कवि गल्लीमा स्थित रेड लाउन्जमा भेला गरायो

र कविहरू
जितको उन्मादमा गजलका शेरको मुटु च्वाप च्वाप चपाई रहेथे

—————————————-

बीभत्स ! बीभत्स!!! बीभत्स!!!

पर्दा खस्छ।
नाटक बन्द हुन्छ।।
समाप्त


एउटा कविताको यसरी कत्लेआम खुलेआम गरिन्छ,गरिन्छ
—————————
पृष्ठभूमिमा

डेभिड म्याक्फेले भन्दै थिए
लेखकको दुस्मन ठुलो हल्लाखल्ला र चर्चा हो
लेखक एकान्तको सम्प्रति हो,हो

इति कविता दुर्दिन सम्पूर्णम्।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *