कविता र समालोचना

कवि

मनोज बोगटी

सङ्घारको मान्छे
न आँगनको
न घरको।

त्यसको दाबीको झुस्लुङ्ग अनुहार पढ्ने
सांसदको चश्मा नै फुटेको छ।

संविधानबाट पल्टेर भर्छन्
किर्नाजस्ता अक्षरहरू।

ती नै अक्षरहरू
इन्द्रेणी जस्तो टल्किन्छ
राजनीतिमा।

रङ चिनेर पनि
त्यो अक्षरमा डुब्दैन

र रङ नै नभएको अक्षरहरूको हल्लाले छोपिन्छन्
जिम्लिएका बोलीहरू।

चिन्नुभो घनश्याम नेपालज्यू
त्यो मान्छे को हो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *