कस्तो रह्यो त शिविरमा दशैँ ?
दागाने काइँलो
परंपरागत्रुपमा मनाउँदै आएको दशैँको रमझम यसपाला शरणार्थी शिविरमा सोचे जति मात्रामा देखिएन । शरणार्थीको पुनर्वाससंगै आर्थिकरुपमा सुदृड हुँदै गएको शरणार्थी शिविरले यो सालको दशैँमा खल्लो महशुश गर्यो। आफन्तहरु पुनर्वासकालागि तेस्रो मुलुक पुगिसकेका छाप्रामा पारिवारिक विछोडको पीडाले छाएको थियो भने शिविरमा बड्दोरुपमा देखिएको हत्या हिंसाले अरु शरणार्थीहरु त्रसित् देखिन्थ्ये ।
भूटानमा छँदा धुमधामरुपमा १० दिनै रमझम र मरोरञ्जन गरेर दशैँ मनाएको स्मृति शरणार्थीको मानसपटलमा अझ पनि ताजै छ । शिविरमा आएर पनि धेरै शरणार्थीहरुले सोही प्रकारको रमझममा लागेको पाइएको थियो । तर शरणार्थीहरुको लामो बसाईसंगै त्यस्तो प्रवृतिमा ह्रास आउन थाल्यो । शरणार्थी जस्तो कस्टरकर जीवन बिताइरहेका बेला त्यसप्रकारको रमझमले सबै छाप्रामा प्राथमिकता पाएन ।
दशैँको नजिक एक शरणार्थी अगुवा के.बि. खड्काको शिविर नजिकैको व्यस्त सडकमा निर्मम हत्या गरिएको दृश्य धेरै शरणार्थीमा दशैँको बेला पनि ताजै रह्यो । बेलडागी १ शिविरका शान्तिराम नेपाललाई शिविरभित्रै गोली चलाएर गरिएको हत्याले शरणार्थीमाझ त्रास छाएको थियो । शिविरभित्रै ज्यानै लिनेप्रकारका त्यस्ता घटनाले लामो बसोवासकालागि शरणार्थी शिविर असुरक्षित भएको भूटानीहरुले ठानिरहेका बेला खड्को हत्याले अझ आगोमा ध्यू थपेको हो
दशैँको बेला शिविरबाहिरका शरणार्थीहरु पनि दशैँ मनाउन आउने कुरालाई मध्यनजर गरी सातैवटा शिविरमा साँझ ७ बजेपछि कुनै पनि व्यक्तिलाई शिविरभित्र हिँड्डुल गर्न बन्देज लगाएको थियो भने प्रबेशद्वारमा चेकजाचको व्यवस्था मिलाइको थियो । तर यसप्रकारका सुरक्षा अखडाले शरणार्थीलाई सुरक्षाको अनुभूति गराउन सकेन । बर्षदिनको प्रतीक्षापछि आएको दशैँ मनाउनभन्दा पनि जीउज्यान जोगाउनु उनीहरुकालागि महत्वपूर्ण भएको थियो ।
शरणार्थी शिविरमा प्रत्येक दशैँमा हजारौं खसिबोका काटिने गरेको भए पनि यो दशैँमा त्यो संख्या ५० प्रतिशतभन्दा तल रहेको कुरा शिविर प्रमूखहरुले जनाएका छन् । दशैँको मौका पारेर स्थानीय बजारमा देखिने शरणार्थीहरुको भीडभाड पनि यस वर्ष कमै रह्यो भने शिविरभित्रकै पसलहरुमा पनि सोचे जति व्यापार नभएको व्यावसाहीहरुको कुराले पुष्टि गर्दछ ।
झापा र मोरङमा छरिएका शरणार्थीहरु विशेष गरी दशैँको बेला भेटघाट गर्न र टीका थाप्न जाने गरेका थिए । त्यसरी धेरै संख्याका शरणार्थीहरुको आवतजावतकोलागि दर्जनौ ट्रक र बसको चाजोपाजो गरिन्थ्यो । तर यसपाला दैनिकरुपमा ओहरदोहर गर्ने बसहरुमा पनि यात्रुहरुको खचाखची देखिएन । यसले पनि शरणार्थी शिविरहरुमा दशैँको रमझम कम भएको प्रमाणित गर्दछ ।
उता पुनर्वासकालागि विभिन्न देशमा छरिन पुगेका शरणार्थीहरुले भने विरानो मुलुकमा पनि आफना परंपरागत चाडपर्वलाई जीवित् राख्ने प्रयास गरेको भने देखियो । तर दैनिक जीविका चलाउनसमेत गार्हो भइरहेको अवस्थामा त्यसप्रकारको मनोरञ्जनले त्यती खुसी दिन भने पक्कै सकेन । फेरि धेरै शरणार्थीका अगुवाहरु शरणार्थी शिविरमै रहेकाले पारिवारिकभन्दा पनि सामूहिक दशैँ मनाउन बाध्य भएको अवस्था थियो । आखिर जे होस अर्को दशैँ भने शरणार्थीहरुले आफनो पीडामाथि उठेर मनाउन् भन्ने मनसाय राख्नु अनुचित नहोला ।
A nepali translation of the news from bhutanusa.com.I have read same in english in bhutanusa.com and here in Nepali.Let this blog provides other inrmation and photos so that we bhutanese would see more news in more sites…all where same these dyas…
Roshanji, Bhutaneseliterature.com is sensitively concerned about your comment that this article is the NEPALI TRANSLATION from Bhutanusa.com. We publish the articles directly obtained from the writers and sometimes republish some getting the permissions from the writers or citing the source. All the articles under the category समसामयिक are the articles submitted directly by the writer. We pledge that the article will be removed if you can justify your argument.
Ramesh jee,it is cool.U dont need to remove it,i just told what i feel like.i dont mean that it is surely the translated version but i just think .Any way u are doing really god job..i used to visit this site regularely….hope that u will continue this in future also…i appreciate ur works…..