कार्यशालासँगै केही महत्वका निर्णयहरु

साहित्य परिषद-भूटानको मूल आयोजना तथा नेपाली भाषा शिक्षण केन्द्र कोलम्बस तथा भूटानी नेपाली समाज कोलम्बसको सहकार्यमा यही दिसम्बर २४ र २५ (शनिबार र आइतबार) ओहायोको कोलम्बसमा भाषा शिक्षणसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भयो । program
ओहायो, केन्टकी, टेन्निसी, पेन्सिलभेनिया, न्यूयोर्क, म्यासाचुसेट्सलगायतका महानगरहरुबाट उपस्थित सहभागीहरुलाई ओहायो स्टेट यूनिभर्सिटीका प्रोफेसर विनय सुवेदी र भूटानीहरुमा शिक्षाविशेषक्ष डा. लक्ष्मीनारायण ढकाल, बुद्धमणि ढकाल, शिवलाल दाहाललगायतले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणका क्रममा अमेरिकी वातावरणमा कसरी बालबालिकालाई नेपाली भाषाप्रति आकर्षित गर्न सकिन्छ र सहज किसिमले कक्षामा उनीहरुको चासो बढाउन सकिन्छ भनेर विभिन्न विधि र शैलीहरुमा छलफल गरियो । छलफलकै क्रममा टेन्निसीका बासिन्दा श्री मंगलसिंह तामाङलाई नेपाली भाषामा शिशुहरुलाई आवश्यक पुस्तक प्रकाशन गरी भाषा प्रशिक्षणमा सक्रिय रहनुभएकोमा साहित्य परिषदले विशेष धन्यवादसहित प्रशंसा समेत व्यक्त गरेको छ । धन्यवाद र प्रशंसाकै क्रममा परिषदले अष्ट्रेलियामा ‘इथनिक स्कूल’, रेडियो कार्यक्रम तथा प्रकाशनका कार्यक्रम सञ्चालन गरी भाषाको प्रशिक्षण, संरक्षण र संवर्द्धन जारी राखेकोमा त्यहाँका सम्पूर्ण भाषा-साहित्यप्रेमी युवाजमातलाई पनि सम्झिएको छ ।

यसरी नै अमेरिकामा ‘सन्देश’ नामक सामाचार पत्र दर्ता गरी प्रकाशन शुरु गरेकोमा हरि खनाललाई परिषदको तर्फबाट विशेष धन्यवाद ज्ञापन गरियो । साहित्य परिषदका संस्थापक तथा अभिभावक श्री गंगाराम लामिटारेको बाहुलीबाट सन्देशको लोकार्पण भएको थियो भने भूटान समाचार सेवाका मुख्य सम्पादक बुद्धमणि ढकाल, साहित्य परिषदकै निर्देशक मण्डलीका सदस्य श्री सञ्चमान खालिङलगायतले सो पत्रिका प्रकाशन र यसको महत्वबारे बोल्नुभएको थियो ।

सोही कार्यशालाको क्रममा साहित्य परिषदले आफ्ना तीनवटा परियोजनाहरु तत्काल लागू गरी अन्तिम निष्कर्षमा पुर्याउने निर्णय पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *