कृति सङ्कलन सम्बन्धी जरुरी सूचना !

आदरणीय स्रष्टाज्यूहरू,
‘हिमटिका आख्यान पुरस्कार’का लागि पुनः कृति सङ्कलन गर्ने निर्णय गरेको हुँदा निम्न ठेगानामा आइपुग्ने
गरी आफ्नो कृतिहरू पठाएर सहयोग गर्दिन हुन सम्बन्धित सबै स्रष्टाज्यूहरूलाई साहित्य
परिषद्,भूटान यसै सूचना मार्फत अवगत गराउन चाहन्छ । यही वर्ष परिषद् साहित्य सम्मेलन – २०२२ मै
उक्त पुरस्कार अर्पण गर्ने भनेर कृति सङ्कलनको कार्य पनि सम्पन्न भइसकेको थियो । तर त्यति बेला २
वटा मात्र कृतिहरू उपलब्ध भएकाले छनौट वा मूल्याङ्कन सम्बन्धी प्रक्रिया स्थगित गरिएको थियो ।
तत्कालीन सङ्कलनको समय अवधि छोटो भएकाले अपेक्षा गरे अनुरूप कृतिहरू नआएको महसुस गरी
साहित्य परिषद्ले सङ्कलनका लागि थप एक महिनाको समय बढाउने निर्णय गरेको ब्यहोरा यसै
सूचना मार्फत स्रष्टाज्यूहरूलाई जानकारी गरिन्छ ।
प्रत्येक ३ वर्षभित्रमा भूटानीहरूद्वारा लेखिएका उपन्यास कृतिहरूमध्ये उत्कृष्ट एक आख्यान(उपन्यास)
कृतिका लेखकलाई अमेरिकी १०००.०० ‘डलरको हिमटिका आख्यान पुरस्कार’ प्रदान गर्ने घोषणा
साहित्य सम्मेलन सन् २०१८ मा गरिएको थियो ।

केही नियमहरू
१. जनवरी १०, सन् २०२२ सम्ममा कृतिहरू निम्न ठेगानामा आइपुनु पर्नेछ ।
२. मूल्याङ्कनका लागि कम्तीमा पनि २ वटा कृति पठाउनुपर्नेछ ।
३. तोकिएको मितिभित्र उपलब्ध भएका कृतिहरू मात्र छनौट/ मूल्याङ्कन समितिमा पठाइनेछ ।
४. मूल्याङ्कन वा छनौट समितिले उत्कृष्ट ठहर्‍याइएका १ जना कृतिकारलाई उक्त पुरस्कारबाट सम्मान
गरिनेछ ।

Ganga Adhikari
2979 Wallcrest Blvd
Columbus, Ohio 43231

Leave a Reply

Your email address will not be published. Required fields are marked *