क्यानडामा कविता सङ्ग्रह ‘अविरल यात्रा’को विमोचन सम्पन्न

विश्वको विभिन्न राष्ट्रहरूमा छरिएर नयाँ परिवेश र नयाँ जीवनशैलीमा अभ्यासरत भूटानी मूलका नेपालीहरू आफ्नो मातृभाषा र साहित्यलाई जीवित राख्न र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बलियो अठोटमा नेपाली भाषा कक्षा सञ्चालन, साहित्यिक समारोह र गोष्ठीहरूको आयोजना अनि कृतिहरूको प्रकाशन गर्दै अघि बढिरहेका छन् ।

गत जुन महिनाको २९ तारिख २०१९ शनिवारका दिन क्यानडाको हेमिल्टन शहरमा सम्पन्न भएको एक भव्य साहित्यिक कार्यक्रममा स्रष्टा (कवि) डी०पी० ओस्तीकृत कविता सङ्ग्रह ‘अविरल यात्रा‘को विमोचन तथा लोकार्पण सम्पन्न भएको छ । ४२ वटा कविताहरूको सँगालो रहेको यो कविता सङ्ग्रह कवि ओस्तीको दोस्रो कृति हो । स्रष्टा भानु ढुङानाले सञ्चालन गरेको उक्त कार्यक्रममा साहित्य परिषद् भूटानका अध्यक्ष तथा भूटानी नेपाली साहित्य जगतका प्रखर अभियान्ता श्री गङ्गा लामिटारेको आतिथित्य रहेको थियो भने साहित्य परिषद् भूटानका सचिव तथा स्रष्टा खेम रिजाल, मातृभाषा संरक्षण समूहका सक्रिय कार्यकर्ता धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ र अमेरिका र क्यानडाका अन्य धेरै स्रष्टाहरूको सहभागिता रहेको थियो ।

कृति विमोचन र कृति समीक्षा पश्चात् उपस्थित साहित्य प्रेमीहरूले आ-आफ्ना रचना वाचन समेत गरेर गोष्ठीको रौनक बढाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *