खरानीको बादल

भानु ढुङ्गाना
क्यानाडा

अहिले जसरी बजाए पनि ताल दिएरै बज्छ मादल
आखिर यो खरानी र आकाशको बादलको मादल।

यहाँ अहिले जोसुकै सँग
समला छ
यहाँ अहिले जोसुकै सँग घन्किने चुड्के मादल छ
अहिले जसरी बजाए पनि, खरी भरिएको मादलको जस्तो पनि रमाइलो छ।

तिम्रो हाम्रो झ्याउरे,
गाउँले लोकलयमा छ
अहिले तिम्रो हाम्रो
खरी भरिएको
समला छ
दुक्कि छ
झ्याउरे मादल छ।

कुखुराको सुली
खरानीको धुली
भरिएको खरानीको मादल
अहिले खरी भरिएको छ
धिन्ताङ्-धिन्ताङ् बजाए पनि
तान्धिङ् नातिङ् पारे पनि
आखिर अरूलाई नचाउँछ
मादल बजार हँसाउनु छ
नगए सम्म खरी झरी,
बजाई रहने हो घरी-घरी।

तर यो के हो थाहा छ ?
बजाउन सकुन्जेल ला;छ
उत्तर खोज आफै भित्र हृदयको धड्कन भित्र छ।

गालाको छालामा
छालाको टालामा
औँलाले पाखुरा कनार हेर
हात पाउ सबै शरीर
अनि आफै भित्र
आफैँलाई खोजेर हेर
सत्य प्रमाण सुँघेर पनि हेर
के हामी खरानीका मादल हैनौँ ?
कुखुरे प्रवृत्तिमा छैनौँ ?

आकाश ओढेर हुर्दुराई रहेका बादल हौँ
यो जगर बगर हामी आफै-भित्र छौँ
अहिले बज्दै गरेका
हामी त केवल खरानीको मादल
उडिरहेको बादल
बजाए हुन्छ बजाऊ
खरी नझरे सम्म
बजाऊ खरानीको मादल—

Leave a Reply

Your email address will not be published. Required fields are marked *