गजल ५४१

नारायणशरण कोइराला
मेलबर्न, अस्ट्रेलिया

 

नेपालमा कोइली बनी भानु आएछौ यहाँ
लोकप्रिय रामायण गीत गाएछौ यहाँ ।

तिम्रा ती नजरमा ज्ञान शुचिको भरिपूर्ण
पाखण्डको खण्डन गरी जुवामा दाएछौ यहाँ ।

विभाजित जो थिए अविभाज्य पारी तिमीले
नेपालीका हृदयमा उमङ्गै उमङ्ग छाएछौ यहाँ ।

अटल सेवा गर्‍यौ भाषा प्रचार प्रचार गरी
आठ काण्ड रामायण चिनाउन धाएछौ यहाँ।

नेपालीको माया गरी काव्यधारा छोडी गयौ
धूप दीप, अबिर माला मात्र पाएछौ यहाँ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *