गजल ५१६

लीला चम्लागाँई
मासाचुसेट्स, अमेरिका

अरूलाई ज्योति छर्न जल्नु पर्छ जिन्दगी
ऐस आराम विना पनि चल्नु पर्छ जिन्दगी

संसारमा कुनै ठुलो काम गर्न नसके नि
रूखको मिठो फल भई फल्नु पर्छ जिन्दगी

सभ्य समाज निर्माण गर्दै मानवको हित निम्ति
अँध्यारोमा प्रकाश बनी बल्नु पर्छ जिन्दगी

केही लिनु भन्दा पनि दिनु पर्छ भन्ने सम्झी
परोपकार गर्दा गर्दै गल्नु पर्छ जिन्दगी

एक्काइसौँ शताब्दी हो जन्मेपछि यो धर्तीमा
अनेक “लीला” देखाएर ढल्नु पर्छ जिन्दगीमा

Don't have a Facebook account? Please, use the form below with other options!