गजल-५८
मायाको बाली खायौ, भैगो अर्मल तिर्नु पर्दैन
मुटु नै नभएको छाती, व्यर्थै चिर्नुपर्दैन
छ भन्नु जिन्दगीमा, डोबै डोब त छ नि प्रिय
छामी छामी रातो झिरले, झिर्नु पर्दैन
सम्झौता हाम्रो बालुवाको घर, भत्केर गयो
फगत औपचारिक मुस्कान, भिर्नु पर्दैन
वसन्ती वियोग हुँदै, शिशिरमा पुगेको छु
फूलका गुच्छा वर्षाएर,यसरी पिर्नु पर्दैन
ताकपरे तिवारी नत्र गोतामे, चाल तिम्रो
घुम्दै फिर्दै रुम्जाटार, फेरि छिर्नु पर्दैन
We read your gajal and enjoyed it. Take your creativity to greater heights.