गजल-११९

दुर्गा निरौला / न्यूयोर्क, अमेरिका

बाँसका डाँड़ा भाटा काँसको छानु नरुनू
अन्तर्राष्ट्रिय संस्थाले खानदेको मानु नरुनू

कल्पना नै नगरेको परिस्थिति झेल्नुपर्दा
हरेश बाहेक भाग परेको खानु नरुनू

लाग्छ धर्ती पनि पराइको नाममा दर्ता छ
बास बस्ने शरण माग्नु पर्दा सानु नरुनू

दुःख कति नमान है शरणार्थी दाग लाग्दा
दाग मेट्न जता उत्तम त्यतै जानू नुरुनू !

Don't have a Facebook account? Please, use the form below with other options!