गजल: १९९

राम कालीकोटे
अमेरिका

गीतमा तिम्रो याद गाएर तिमीलाई सम्झें
धुनमा तिम्रै प्रित लाएर तिमीलाई सम्झें

आउँछ सधै झझल्को, बिर्सन कति गाह्रो
सर्वत्र तिम्रै आभास पाएर तिमीलाई सम्झें

छैनौ साथ तिमी, रित्तो रित्तो छ जिन्दगी
राख्छु दिलमा कसम खाएर तिमीलाई सम्झें

छोटो रह्यो साथ हाम्रो, क्षेणभर्मै टुटि गयो
साधै भेट्ने देउराली धाएर तिमीलाई सम्झें

Leave a Reply

Your email address will not be published. Required fields are marked *