गजल

पदम आधिकारी ‘हिमशिखर’
बाल्टिमोर, अमेरिका

Padam
गजलकार

आखिर न मुटु रेट्दा, न त छाती चिर्दा माया लायौ
कुरेर तिमीलाई नै न त घर फिर्दा माया लायौ,

बद्लियो समय बद्लियो मौसम बद्लियो सबै-सबै
यात्रा भरि ठेस लाग्यो न त बलेँसीमा गिर्दा माया लायौ,

प्याला-प्यालामा नापेर जिन्दगीको हिसाब खोज्छ्यौ किन
त्यागेर भट्टी यसै न त मन्दिर छिर्दा माया लायौ,

मासेर आफ्ना पीडाहरू यसै न त हाँसेरै जिउन सकेँ
बोकेर कमण्डलु न त गेरु वस्त्र भिर्दा माया लायौ…!

Leave a Reply

Your email address will not be published. Required fields are marked *