गजल

Durga Nirola
गजलकार

प्राण प्यारी चन्द्रमाले प्रेमी फेर्न चाँडो भयो

प्रेम गर्दा साट्या औंठी आज मलाई ठाँडो भयो,

 

भूबाल गरी लाको माया निमेषभरमै सखाप हुँदा

प्रेमीकालाई पट्याउने धने साले काँडो भयो

 

ढाँट्या होइन साँचो कुरा विचार गर्दा मुटु फुट्छ

छिन-छिनमा धाउने बाटो धेरै अग्लो डाँडो भयो

 

भोलि मलाई के के पर्छ आज कसले भन्न सक्छ

हामी दुईले लेख्या पत्र आ-आफैंलाई घाँडो भयो

Don't have a Facebook account? Please, use the form below with other options!