गजलः २५६

सुबिसुधा आचार्य- मेरिल्याण्ड/अमेरिका

कथाकार
गजलकार

 

नयनबाटै बग्छ पानी, पिउँ के सम्झेर

दिल रुन्छ जानाजानी, पिउँ के सम्झेर

 

पत्थर हैन मन बरै, पग्लिन्छ यो कैले

जलेको मन् अमृत ठानी, पिउँ के सम्झेर

 

जबदेखि आफ्नै मुटु, छुट्यो आफैसँग

तातो आँसुको सिरानी, पिउँ के सम्झेर

 

मुहारमा गंगा बग्छ, त्यहीँ खस्छ सप्ना

चोखो सप्ना कुवा ठानी, पिउँ के सम्झेर

 

आगो लाग्छ हृदयमा, निभाउनु के ले

आत्मा जलेको खरानी, पिउँ के सम्झेर ?

Don't have a Facebook account? Please, use the form below with other options!