गजल २५८
डोम काफ्ले-अष्ट्रेलिया
पिउँदा-पिउँदै जिन्दगीकै नशामा उ पर्यो भन्दिनु
सिउँदै थियो जिन्दगीको चोला अन्तै सर्यो भन्दिनु
खुशी चुम्न जिन्दगीको सिखर चड्छु भन्दैथ्यो उ
चड्दा-चड्दै जिन्दगीकै खाल्डोमा उ पर्यो भन्दिनू
बिहान्, दिउँसो बेलुका उ जिन्दगीलाई बाल्दै थियो
समयको फड्केबाट उस्ले साँघु तर्यो भन्दिनू
संघर्षको उपवनमा गुलाब, बेली र चमेली
सार्दा-सार्दै फुलसरि एक् साँझ उ झर्यो भन्दिनू
किन्यो वैंश, माटो किन्यो, किन्दै थियो जिन्दगी नै
आयुको मोल् गर्नै नपाई झोला उसले भर्यो भन्दिनू
बाँच्दा-बाँच्दै जिन्दगीकै नशामा उ पर्यो भन्दिनू
साँच्दा-साँच्दै जिन्दगीकै दशामा उ पर्यो भन्दिनू…