गजल – ३८१
टेक भण्डारी
एडिलेड, अस्ट्रलिया
किस्ता किस्ता गरेर जोडेको कस्ती डुबेपछि
काँडाहरू फुलको विरुद्ध एक भएर जुटेपछि ।
यहाँ घर्ती डराउँछ, वसन्त बलात्कृत हुन्छ
जब मृत्युका धुनहरू पात पातमा फुलेपछि।
नदीका किनारहरू छाल बिना मौन रहेझैँ
हरेक जीव बिरोजगार बन्छन् सम्बन्ध गुमेपछि ।
मानौँ जुन, धाम ताराबिना पृथ्वी अन्धकार भएझैँ
यहाँ हरेक मन अँध्यारो हुन्छ घातले पुजेपछि ।