गजल – ३९९

गजलकार
गजलकार

डिल्लीराम शर्मा आचार्य
नर्वे

सिन्दूर पुछी ……..
तिम्रो एक्लो चाहना थ्यो उठेपछि आयौ
भावनाका   छालहरू   टुटेपछि  आयौ ।

दिनरात  बित्दै  थिए ति म्रै  छट्पटिमा
विषैविषको दाना पानी जुटेपछि आयौ ।

तड्पिरन्थेँ  तिम्रै निम्ति आँसु बहाएर
जवानीले जवानीलाई लुटेपछि आयौ ।

आशाहरू बड्दै थिए तिम्रै तृषणाका
तिनै अशा  निराशाले  भुटेपछि आयौ ।

भुलाई दिन्थ्यो विरहलाई गीत सुनाएर
सिर्जनालाई  सृजनाले कुटेपछि आयौ ।

शून्यतामै शून्यताले खोज्यो तिमीलाई
सिन्दूर पुछी चुरा पोते फुटेपछि आयौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *