गजल उत्सव -३ सम्पन्न

सेप्टेम्बर २९, सिन्सिनटी-ओहायो ।

सामाजिक संगठन ‘होप’ र युवा साहित्यिक गजल अभियन्ताहरुको टोली ‘गजल यात्रा’-को संयुक्त आयोजनामा सेप्टेम्बर २८, शनिवारका दिन ओहायो राज्यको सिन्सिनटीमा गजल उत्सव -३ सम्पन्न भयो ।

सो अवसरमा अमेरिकाका विभिन्न राज्यबाट आएका गजलकारहरुले आ-आफ्ना गजल प्रस्तुत गरेर दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए ।

सो उत्सवमा नरेश गौतम, डिल्लु चम्लागाई, नेत्र आचार्य, पातलो आन्तरे, वैरागी माइलो, धर्मेन्द्र तिम्सिना ‘क्षितिज’, खेम रिजाल, केशव नेउपाने, अविनाश भट्टराई, सुशिल रेग्मी,  मदन दुलाल, पवन लामिछाने, कृष्ण कुसुम, आनन्द श्रेष्ठ, गोवर्धन पूजा, सुरेश वाग्ले, विकु गुरुङ, राज बराल, वासुपुष्प अधिकारी, केशव ‘असफल’, सतीश त्रिपाठी, सरु काली, उत्तम साम्पाङ, विदुर दवाडी, दुःखी अतुल, शारदा धिताल, रोहित राणा, अमृत लामिछाने, सुशन माझी, चरण बजगाईं, अरुण तामाङ, मणि गौतम, यदु अधिकारी, सौरभ तिम्सिना, पुरानाघरेलगायत ४० जना गजलकारहरुले आ-आफ्ना सिर्जना वाचन गरेका थिए ।

सोही अवसरमा गजलगायक तथा संगीतकार केशव पौडेल, गायक टेक दूतराज, अनेसासका पूर्व अध्यक्ष पदम विश्वकर्म, साहित्य परिषद-भूटानका अध्यक्ष गंगाराम लामिटारे, साहित्य परिषद-भूटानकै प्रकाशन सम्पादक प्रतिमान सिवा, साहित्यिक सर्जक खगेन्द्र भण्डारी ‘जन्तरे’, कर्ण गुरुङ, गायक छवि नेउपाने, राहुल रसाईली, लेखक तथा पत्रकार भक्त घिमिरेको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *