गजल-१००

बासुदेव ओस्ती / क्यानाडा

नेपालीले देश छाड्नु भन्दा मन जल्यो
अत्याचारको कुरा सुन्दा मेरो तन जल्यो

आफ्नु प्यारो जन्मभूमि छाड्नु नै पर्यो
हामीले घर छाडेपछि सबै धन जल्यो

देशबाट हिड्नु पर्यो अन्धकार भविष्य लिई,
राष्ट्रविहीन हुनुपर्दा सारा जीवन जल्यो

आफ्नु भूमि देख्नेकुरा सपनाझैं भएको छ,
देशको भार तिर्छु भन्ने मेरो बचन जल्यो

नेपालीको भेष-भूषा संस्कृतिको गौरव गर्छौं
नबिर्सौं है साथीहरु नत्र हाम्रो चलन जल्यो ।

2 Replies to “गजल-१००”

Don't have a Facebook account? Please, use the form below with other options!