गजल-१०३
कसलाई माया कस्तो लाग्छ महिना दुई दिन
कसलाई माया सस्तो लाग्छ महिना दुई दिन
तिमी बिना जीन्दगीमा एक्लै जीउनु पर्दा
आफू मरे जस्तो लाग्छ तीन महिना दुई दिन
आफ्नो मन्छे पराई हुन्छ छाडी गए पछि
गोमन बनी डस्तो लाग्छ तीन महिना दुई दिन
तिम्रो हाँसो फूल बनोस आँसु मोती बनोस्
मलाई माया यस्तो लाग्छ तीन महिना दुई दिन