गजल-१०४
उकालो त्यो पखेरोमा बामे सर्न मन डरायो
आधा बाटो चढिसकेपछि झर्न मन डरायो
दोधारमा पर्यो जीवन न त अघि न त पछि,
एक्लो जीवन सुनसानमा एक्लै चर्न मन डरायो
जीवन मात्र दियो तर आँट दिएन दैवले
फूलबिनाको फूलबारीमा फूल छर्न मन डरायो
साथबिना तड्पिएर भौंतारिन खोज्छ जीवन
धिक्कार्छु म आफ्नै जीवन तर मर्न मन डरायो