गजल-११
बारी डुबोस बाली चुटोस पानी असिनाले
श्रम गर्छौ बाचेँका छौ रगत पसिनाले
घर-ब्यवहार खेती बिग्र्यो पुकार सुनाउँदै
के पायौर नारा जुलुस गर्दै कसिनाले ?
खुट्टा टेकछौ माथि तर दब्दै-दब्दै जान्छ
निस्किनलाई सकेनौ हिलो भित्र फसिनाले
ढाटिएन ठगिएन कतै जागिर खाइएन
सनै काम गर्छौ हामी साना मसिनाले
यो देशमा खेती गर्ने हामीहरुलाई
परबाट हेर्दी होलिन सेख हसिनाले

![sabin[2]](https://i0.wp.com/bl.bhutaneseliterature.com/wp-content/uploads/2010/03/sabin2-150x150.jpg?resize=150%2C150)
wa wa solti it is the reality of our life in 18 years