गजल-११०

रोशन खड्का / अमेरिका

धैरैमा तिम्रो नाम चुनेर लेखें
जान्छौ रे एउटा गजल सुनेर लेखें

छछल्किए आँसुहरु सम्हाल्न खोज्दै
टुक्रिएको मुटु फेरी उनेर लेखें

हुन्न रे छोरो मान्छे भएर रुन
भकानो त फुट्यो तर थुनेर लेखें

2 Replies to “गजल-११०”

  1. Sanchaman Khaling

    ओह हो सारै मिठो लग्यो यो गजल | लेख्दै गर्नु होला | मलाई यो मनपर्ने स्वादको गजल हो भन्नु पर्दा |

Leave a Reply

Your email address will not be published. Required fields are marked *