गजल-११६

दुर्गा निरौला / न्यूयोर्क, अमेरिका

थाकीसकेको घाउलाई चर्काउन नखोज है
आफूभन्दा निमुखालाई थर्काउन नखोज है

संसारमा हर प्राणीले स्वतन्त्र भई बाँच्नुपर्छ
प्रगतिपथमा बड़्नेलाई फर्काउन नखोज है

सबका सबले उन्नति र प्रगतिमा बड्नुपर्छ
अघि बड़्छु भन्नेलाई खर्काउन नखोज है

सिपालु छौ नीति र दर्शन छाँट्नलाई
दीनः हीन निम्सरालाई मर्काउन नखोज है

स्वार्थी बनी आफूमात्रै पेट भर्न खोज्छौ
दोष बोकाई विचरोलाई सर्काउन नखोज है

Leave a Reply

Your email address will not be published. Required fields are marked *