गजल-११५

टिका खनाल / कोलोराडो, अमेरिका

घरी घरी आधा महसुस हुन्छ मान्छेलाई
हिँड्दै जाँदा शिशिरले छुन्छ मान्छेलाई

रिसाउछन्,ठुस्किन्छन्,पार्छन् कान बन्द
हजार नभए एकले सुन्छ मान्छेलाई

हेर्छन् कपडा र रुप, वास्ता छैन मनको
यसले हैन त्यसले चुन्छ मान्छेलाई

आउँछन् धेरै, छोड्छन् मनमा लाखौं लुँडाहरु
कोही आई साबुन बनी धुन्छ मान्छेलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *