गजल-१२
एक्लै अँधेरीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ
भिज्दै बलेँसीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ
एउटा साँझ संझन्छु म तिम्रै घरमा बिताएको
त्यहीँ अगेनीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ
आगनमा अन्ताक्षरी खेल्थ्यौ जूनको उज्यालोमा
कतै जुनेलीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ
बस्थ्यौ तिमी यै मुटुमा खेल्थ्यौ दुई नयनमा मेरा
अझै परेलीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ
यता पनि फुल्छन् गुलाव फक्रिएर त्यहाँ जस्तै
हेर्छु, तरेलीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ
It is touchable but not like bisalu sarpa bandei basne bichar timro. Let us get to read your gajals more in future. You are only the sharpest nib and the brightest star in the sky of Bhutani Nepali-Sahitya.
Carry on man ! You are openning the doer of successful gazalkar. Bring some more gazals containing our cause. I appreciate you.
Frm Buffalo, Ny