गजल-१२

गजलकार

किरण टि लिम्बु
इटहरी, नेपाल
हाल: बेलायत

पहिलो भेटमा मुख छोपी नजरहरु साटेकीथ्यौ
लुक्दै हेरी मुस्कानहरु आपसमा बाँटेकीथ्यौ

जीवन्-खोली तर्न भनि बाचा-कसम संगै खाँदा
अघि लागी नाडी सुर्की जँघार तर्न आँटेकीथ्यौ

तिम’लाई दु:ख्दा मलाई पनि त्यस्तै गरी दुख्छ भनि
आफ्नो दुख बिर्सिएर सिङ्गो रात काटेकीथ्यौ

जिन्दगीको गोरेटोमा ठेस लागी लडे पनि
फिस्स हाँसो देखाएर तिम’लाई मलाई ढाँटेकीथ्यौ

अरु सबै नारीहरु फेशनमा मस्की हिंड्दा
चौबंदीको चोली भित्र चिटिक्कले छाँटेकीथ्यौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *