गजल-१४

गजलकार

जीतेन्द्र मल्ल
दुबई यूएई

मुटु भरी वेदनाले, आशु झार्दा गजल बन्छ
यो मनले त्यो मनमा, डेरा सार्दा गजल बन्छ

सुख दु:खसँग म जीवन, भन्छन भन्ने हरु तर
दु:खरुपी तुवाँलोले, सुख बार्दा गजल बन्छ

अन्धकारमै हराएर, सारा जीवन जिउँदा जिउँदै
उजेलिमा रम्ने झिनो, आश मार्दा गजल बन्छ

कि त पढी कि त परी , जानिन्छ रे भन्छन यहाँ
पिडासङ्गै जीवन अझै, सुनझैं खार्दा गजल बन्छ

जीवन भन्नु जुवा ठानी,खुशी सबै दाउमा राखी
‘जितु’ले नै जिन्दगीको, बाजी हार्दा गजल बन्छ

One Reply to “गजल-१४”

Leave a Reply

Your email address will not be published. Required fields are marked *