गजल-१४०

गजलकार

राजु सुब्बा
एटलान्टा, अमेरिका

चिनारी पुरानै थियो बिरानो सम्झिदियौ
आँखैभरि तिमी थियौ ओभानो सम्झिदियौ

टाढा टाढा जाने सपना देखाइदियौ
आधा हुन नपाउँदै कानो सम्झिदियौ

तिम्लाई भनी आफैँलाई कत्ति भुलिदिएँ
तिमीले भने सधैं अचानो सम्झिदियौ

तिम्लाई बुझ्न आफैँलाई कत्ति हराइदिएँ
मेरो भावनालाई सदा सानो सम्झिदियौ

दु:ख सुखमा ओत लाग्ने छाती
अनायासै आज अर्काकै छानो सम्झिदियौ ।।

Don't have a Facebook account? Please, use the form below with other options!