गजल-१४६

गजलकार

मोहन गौतम
दक्षिण अष्ट्रेलिया

चोटमाथि चुक खस्यो मर्न सकिएन
खहरेमा भेल आयो तर्न सकिएन

रातपछि दिन हुँदै तिम्रै याद आइरहयो
बिगत बल्यो तिम्रो गाउँ झर्न सकिएन

आँसु थामे अझ दुखेको मुटु छामे
व्यथा लुकाई तिमीसामु सर्न सकिएन

जीवन गल्यो नसा गल्यो अनि प्रित गल्यो
रित्तिएको माया फेरि भर्न सकिएन

2 Replies to “गजल-१४६”

  1. Sushil Pokhrel

    मोहन जी,
    गजलमा मार्मिक भाव, छोटो, मिठो अनि सजिलो शब्दको प्रयोग गर्ने तपाइको प्रयाश राम्रो छ | लेख्ने काम जारी रहोस |
    सुशील पोख्रेल

  2. ashok

    मोहन जी तपाईं को गजल ज्यादै मन पर्‍यो धन्यवाद लेख्दै गर्नु होला शुभ-कामना
    “खलानको मान्छे”

Don't have a Facebook account? Please, use the form below with other options!