गजल-१५

मोहन गौतम/ अस्ट्रेलिया

हाम्रा पुर्खा पिताहरु भुटिएको याद आयो
आमा सँगै छोरी पनि लुटिएको याद आयो

साँझ पख छोडिएका प्यारा गाउँ बस्तीसँगै
घोप्टो पारी दाजु-भाइ कुटिएको याद आयो

सिकार बनी टुक्रिएका देव लक्ष्मी गाईसँगै
कुल्ची -फटाई च्याती जीवन खुटिएको याद आयो

पछ्याएर आउँदै थिए हाम्रा सारा वस्तुहरु
मुटु मिची फर्काएथेँ छुटिएको याद आयो

दिन -रात उस्तै भयो प्रबासी यो झुप्रोभित्र
झस्किएर उठेँ आशा टुटिएको याद आयो

3 Replies to “गजल-१५”

  1. NARAYAN RIZAL

    Thank U.you are the true writer. Your gazal touch the heart of bhutanese people. great job. keep it up.

Don't have a Facebook account? Please, use the form below with other options!