गजल-१६८

गजलकार

नारायण ढुंगाना
हेलिफ्याक्स, क्यानाडा

झुकाएँ त शीर केवल देशकोलागि हो
चुकाएँ त शीर केवल देशकोलागि हो

विकासका नयाँ कुरा सोच्दासोच्दै आखिर
सुकाएँ त शीर केवल देशकोलागि हो

कस्ले हेर्न सक्छ आफ्नै आमा बन्धनमा
फुकाएँ त शीर केवल देशकोलागि हो

रात भए पछि दिन आउँछ पक्का छ
लुकाएँ त शीर केवल देशकोलागि हो

Don't have a Facebook account? Please, use the form below with other options!