गजल-१७

थुक्तेन दोर्जे ड्रूक्पा / डेन्मार्क

भुटान नेपाल यु.एस.डेन्मार्क माटो एउटै हो
एकदिन
सबले मर्नै पर्छ बाटो एउटै हो

अतीत सारा सम्झन्छु म च्वस्स दुख्छ मुटु
मलाई
मात्र भन्दिन म फाटो एउटै हो

भाग्य खोज्दै कर्म गर्दै जहाँ पुगे पनि
हामी
सबै भुटानीको खाटो एउटै हो

राष्ट्रलाई माथि राखौँ जहाँ रहे पनि
विशाल
भुगोल गोलाकार छ पाटो एउटै हो

2 Replies to “गजल-१७”

  1. prakashdhamala

    bhai good gazal malai thugten ka gazal sarai mann parchan ho ………….. kabita pani mann parchan …………… j hos srijana aafu ma nai uchha chhan

Leave a Reply

Your email address will not be published. Required fields are marked *