गजल-१८२

मौसमजी भण्डारी”क्यानभास”
दुवइ

विषालु ती काँडाहरु छुन हुन्न बाबु
पर्न सक्छ दु:ख पीडा रुन हुन्न बाबु

मौन हुँदा एक टक स्वरुपले पच्छ्याउँछ
आफ्नै छायादेखि कायर हुन हुन्न बाबु

अन्जानमा पोतिएका मनका मैलोहरु
धोएर नि जान्न भने धुन हुन्न बाबु

यत्रतत्र दिव्यज्योति छरेप नि चारैतिर
धर्ती जस्तो हाम्रै समिप जुन हुन्न बाबु

 

Don't have a Facebook account? Please, use the form below with other options!