गजल: १८५

राम कालीकोटे (बि एन ए )
टेक्सास, अमेरिका

बाँकी  जीवन उसकै यादमा जि’न तयार छु म
बिखै  देउ उसको  नाममा  पि’न तयार छु म

दैबै  लाग्यो  चट्ट चुड्यो  मेरा  सारा  खुशीहरु
बाँकी  रहको  एउटा मुटु  दिन  तयार  छु म

दिन रात  बिते पनि उसको याद ताजा नै छ
उसैलाई  नै  सम्झिएर  खि’न  तयार  छु म

नबिर्सिने चोट लाग्यो  घाइते  छ  यो  मुटु
अझै  पनि सारा  दु:ख  लिन  तयार  छु  म

Leave a Reply

Your email address will not be published. Required fields are marked *