गजल-२१

इट्टाघरे/ बेलडाँगी

अन्योलमा थिएँ,अन्योलमा छु,अन्यौलमा हुन्छु होला
राष्ट्रवियोगमा रोएँ, रुँदैछु अझै पनि रुन्छु होला

टुहुरो छु बेसाहारा देशविना आज म त
फाटेको छ मन मेरो कसरी सम्झाई तुन्छु होला

तिरस्कारले पेट भरें काटेँ धेरै पौष–माघ मैले
पाइनँ आफ्नो माटो अब अर्कै बाटो चुन्छु होला

अन्योलमा थिएँ,अन्योलमा छु,अन्योलमै हुन्छु होला
राष्ट्रवियोगमा रोएँ, रुँदैछु , अझै पनि रुन्छु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *