गजल-२४

कृष्ण “संघर्ष”/शनिश्चरे

यसै जिउँदो लास म डर कहाँ छ र
संसारै आफ्नो सम्झिए घर कहाँ छ र

रसाएका आँखा संगै हात न हो देखाएको
सहयोग न हो हजुरको कर कहाँ छ र

सागर तर्ने आशा बोकी पर्खँदै छु किनारमा
सक्छै भने संगै लैजाउ परै भर कहाँ छ र

मान्छे–मान्छे बिच मान्छेको खडेरीमा जिउने
“कृष्ण” न हुँ दुनियाको आफ्नै थर कहाँ छ र

3 Replies to “गजल-२४”

Don't have a Facebook account? Please, use the form below with other options!