गजल-२४५

खनाल अविरल (डुके)

हिजो, आज र अस्ति आएँ, धायो नभन
हिडेँ, बोलेँ र रमाएँ, यसले चा’यो नभन

उत्साह, माया र प्रेमको जलनमा पनि
जलाएर प्रेममा मेरो गीत, गायो नभन

एक्लै जलेर हिँड्दै छु, भीडहरुको माझमा
उत्श्रृंखल त्यो विगतको चालले खायो नभन

विछोडिएको त्यो जोडी ढुकुरको रिस्ता सँगै
जीवनको अन्तिम प्रहरमा धाका पायो नभन

 

Don't have a Facebook account? Please, use the form below with other options!