गजल-२५

मञ्जू खड्का/ न्यू हेमसायर, अमेरिका

वियोगको पीडामा नि एउटा छुट्टै जीत पाएँ
नौनारी थाके पनि एउटा आफ्नो हित पाएँ

आफ्नो भन्ने छैन कोही रुन्छ मन सम्झि मेरो
रोदनको भेटमा पनि सुन्न तिम्रो गीत पाएँ

छैन मिल्ने भाषाभूषा यो बेग्लै संसारमा
तिम्रो कथा पढेपछि त्यसमा आफ्नो रित पाएँ

बन्द ढोका शून्य कोठा लेख्न खोज्छु कथा कविता
अति राम्रो तिम्रो रचना त्यसमा प्रेमको प्रीत पाएँ

6 Replies to “गजल-२५”

  1. Deepika Timsina

    इन्टरनेटमा रम्ने मान्छे, यो पत्रिका पढ्न पाएँ
    धेरै दिन पछिमात्र गजल तिम्रो पढ्न पाएँ ।
    आफ्नो पन खोजी हिंड्ने भेष–भूषा खोज्ने
    रितिथिति संस्कृतिमा मन तिम्रो पढ्न पाएँ ।
    एकान्तमा बस्ने बानी, एकान्तमा रम्ने
    साहित्यकी अनुरागी मन तिम्रो पढ्न पाएँ ।।

    मन्जु बहिनी, गजल साह्रै राम्रो । साहित्यिक सामाग्रीको निरन्तरता होस् ल ।
    दिपीका भाउजु, जर्जिया

  2. Xitizko mitra prakash dhamala

    deedi where r u ? good gazal.keep it up.
    gaun basti uthi hidda sukha kulo royo bhanchan
    bhuwari ko pukar suni chiso chulo royo bhanchan.

Leave a Reply

Your email address will not be published. Required fields are marked *