गजल: २६४

गजलकार
गजलकार

केशव काफ्ले 

पिट्सबर्ग , पेन्सिलभेनिया

मेरो गाँउको ताजा खबर गीत बनाई सुनाई देउन
त्यहाँ माटो बिरामी थियो आोखती मु लो  लगाई देउन

तल्लो गाँउ माथ्लो गाँउका साथी भाई निदाए होलान्
मादल डम्फु कलमले ब्युझाउन सघाई देउन

उकाली र ओराली माथ्लो गाँउ तल्लो गाँउ
उँधो उँभो गर्नेलाई एक एक लठ्ठी थमाई देउन

वल्लो डाँडा पल्लो डाँडा खबर उता पाएनन् होला
गाँउमा दीगो हुलाकि दाई राम्रो हेरी पठाई देउन

उता हेर संसारमा नयाँ चलन कस्तो होला ?
राजा-रैती , धनी-गरीब यसको दुरि घटाई देउन

मेरो गाँउको ताजा खबर गीत बनाई सुनाई देउन
त्यहाँ माटो बिरामी थियो आोखती मुलो लगाई देउन

Don't have a Facebook account? Please, use the form below with other options!