गजल-२८१

गजलकार
गजलकार

टेक भण्डारी
एड्लेड, अष्ट्रेलिया

भगवानका चरणमा पीडाहरू राख्न पनि सकिन
भोलि मन्दिरमै चडाउँला है भनी साँच्न पनि सकिन।

अतीत सधैँ आलो घाउ बनेर मेरै अगाडी आउँदा
ऐँठन पार्ने सम्झना तोडेर जुनी काट्न पनि सकिन।

कसरी भुलौँ ती पलहरू खुसी सारा लुटिएको साँझ
मुटुको यो जलन नयाँ मुलुकमा दाब्न पनि सकिन।

म अर्थविहीन भएरै होला दिनमै निदाइरहेको
छातीमा ज्वाला लिएर म कहिल्यै हाँस्न पनि सकिन।

बिछोड भएसी कसम कहिल्यै मेल नहुनेरहेछ
गाउँकै पिरले यो सहरमा आँसु थाम्न पनि सकिन।

Don't have a Facebook account? Please, use the form below with other options!