गजल-२८९
राकेश काफ्ले
बोस्टोन, अमेरिका
शाषकद्वारा देशका सपूत भुटिएको गजल हो यो
बाबुसामु निर्दोष छोरी लुटिएको गजल हो यो
दन्किँदो त्यो ज्वालामा सल्किरहे दौरा-सुरुवाल
“आवाज बन्द” भनी मुखै खुटिएको गजल हो यो
पौरख गरी रातोदिन देश बनाउने देशभक्तलाई
हतकडी लगाई कोदोझैं कुटिएको गजल हो यो
यौन-पिपासु तानासाहको भार थाम्न नसक्दा
अकालमै सुत्केरी प्राण चुटिएको गजल हो यो
सम्झिँदा नि कहाली लाग्ने नब्बेको ज्वालामुखी
जन्मभूमिबाट सदासदा छुटिएको गजल हो यो