गजल-३०९

गजलकार
गजलकार

खेम रिजाल
वासिङ्टन, अमेरिका

टुटेको मुटु तिमीले फेरि सिलायौ किन ?
छोडेको थियो दुखन याद दिलायौ किन ?

कोमल निस्चल त्यो मन पत्थर बनाई
मदिराको प्यालामा सराब पिलायौ किन ?

सागर भई बग्थौ मेरो उदासी मनमा
किनार हुँदै बगर तिरै बिलायौ किन ?

आवेशको बाडीले मायाको बाधलाई
भत्काउनु थियो त पहिले मिलायौ किन ?

Don't have a Facebook account? Please, use the form below with other options!