गजल-३१५

गजलकार
गजलकार

टेक भण्डारी
एडिलेड, अष्ट्रेलिया 

आज जिउँदै मेरो मुटुको बिभत्स हत्या गरियो
अनि हत्केलाले निचोरेर कालो जहर भरियो!

वा! मेरो शरीरलाई मन्दिरमा बलिझैँ चडाएर
स्वार्थसरीका कोमल हातले नुनचुक छरियो!

जीवन सारा सुम्पिएर सधैँ कन्चन पवित्र बनेर
चोखो प्रेम पत्र लेख्नाले तड्पी तड्पी मरियो!

रंगहीन सिउँदो सजाएर जिउँदा मलामीसंगै
अन्तिम उत्सव मनाउँदै आर्य’घाटमा झरियो!

सुन्दर संसार भत्केपछी घृणाको पहिरोले
चाहानालाई जलाउँन बगरमा बसाई सरियो!

Don't have a Facebook account? Please, use the form below with other options!