गजल-३१९

एच.पी. चम्लागाई
नर्थ क्यारोलिना, अमेरिका

HP Chamlagai
गजलकार

तिमीलाई माया गरेँ समाज पराई भयो

मुटुको  गद्धीमा राखेँ त ताज पराई भयो,

 

तिम्रो र मेरो माया, एउटा लडाईं  जस्तै

बिहानी र रातमा सम्झेँ, साँझ पराई भयो,

 

जात धर्म एकातिर हाम्रो माया अर्कातिर

हिजो बाट भविष्य कल्पेँ, आज पराई भयो,

 

कुरा काट्ने, गाली गर्ने, दुस्प्रयास चारैतिर

चर्च, पूजा, मन्दिर वा नमाज पराई भयो,

 

मन र मष्तिस्कलाई सुनेँ, नकारेँ चलन

के देश, स्वयं ब्रह्माण्डको राज पराई भयो ।

Don't have a Facebook account? Please, use the form below with other options!