गजल-३२३

चरन वजगाई
रोनक, भर्जिनिया

बिचित्र राज्य देख्ने इच्छा भए मेरो देश धाउनुहोस्
रूखमा पैसा ‘आइफले’ घडी अमेरिका आउनुहोस्

न स्वामी गिन्ती न प्रेमको भर खुब गोपनियता तर
कम्प्युटर श्रम निस्पक्ष कर्म घुस जति ख्वाउनुहोस्

सेता र पहेला काला र खैरा रङ्गका छन् विविधता
मनै दुखे नि मुस्कुराउनै पर्ने प्रेम यो पाउनुहोस्

गीत गाउन न त स्वर बन्नु पर्छ तालमा गफ गर
पैसै टिप्ने भए यस्ता गाईने सँग गीत गाउनुहोस्

असी-नब्बेकी बृद्धा चलाउँछिन साठी फूटे ट्रेलर् यहाँ
तन् पाको भए नि छैन मन बुढो गै माया लाउनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *