गजल-३५२

खेम राई
ईलाम, नेपाल

सधैँ साथ दिन्छु भनी आज किन घात दियौ?
जवानीको रससँगै नसालु त्यो मात दियौ

आशारुपी मायालुको पिँजडामा पारी तिम्ले
केही क्षण मिलनको बनावटी हात दियौ

भावनाको गहिराईमा पुगे जस्तो गरी तिम्ले
मधुर त्यो मुस्कान अनि मौनताको बात दियौ

पीडैपीडा छाडी दियौ बाचा कसम बिर्सी तिम्ले
जनम जनम नमेटिने पिरतीमा लात दियौ ।।

 

Don't have a Facebook account? Please, use the form below with other options!