गजल-३५३

गजलकार
गजलकार

केशव नेउपाने
ओहायो, अमेरिका

गयो कठोर दिल बनाई भावना बोकेर
ऊ आफूभन्दा धेरै ठूलो सपना बोकेर ।

हलो बोकी झऱ्यो किसान खेत जोत्न
खाजा भुटेको मकै अनि चना बोकेर ।

अस्ति नेताले दिएको भाषण सम्झिँदै
बाँचिरहेछ विकासको कल्पना बोकेर ।

धान छर्दा छऱ्यौ एउटा बिउ मेरो मनमा
मलीलो भई आयो तिम्रो सम्झना बोकेर ।

लाग्छ सुख भट्टीमा मात्रै मिल्छ आजभोलि
जिन्दगी बिग्रँदै त छैन? यस्तो चेतना बोकेर!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *